डिसहोमको लुट: बजारमा रिचार्ज कार्ड सटेज गराएर, इलेक्ट्रोनिक्स रिचार्जमा मूल्य वृद्धि

नेपालकै ठुलो टिभी सेवा प्रदायक कम्पनी डिस मिडिया नेटवर्क लिमिटेड (डिसहोम) ले बजारमा रिचार्ज कार्डको सटेज गराएर इलेक्ट्रोनिक्स माध्यमबाट खरिद गरीने कार्डमा मूल्यमा भारी मात्रामा वृद्धि गरेको छ।

बजारमा ग्राहकले  रिचार्ज कार्ड किन्दा चार सय तिर्नुपर्ने थियो तर चार सयमा पाइने भनिएको रिचार्ज कार्ड बजारमा सटेज गराइएको छ। डिसहोमले तोकिदिएको डिलरबाट इलेक्ट्रोनिक्स भुक्तानी न्युनतम रिचार्ज मूल्य ४०० भएता पनि लकडाउनले सबै डिलरहरु बन्द छन्।  ग्राहकहरुले आफ्नो नजिकका डिलरहरुमा सम्पर्क गर्दा कार्ड नभएकोले इलेक्ट्रोनिक्स माध्यमबाट रिचार्ज गर्न सुझाव दिने गरेका छन्। डिस होमको टोल फ्रि नं १६६० ०१ २२००० मा फोन गर्दा पनि सोहि जवाफ आउने गरेको छ।

यसअघि इसेवा, आइएमी पे, खल्ती र कनेक्ट आइपिएस जस्ता इलेक्ट्रोनिक्स माध्यमबाट सामान्य कार्ड ३५० मा खरिद गर्दै आएका ग्राहकलाई अब सोहि कार्डको लागी १००० तिर्नुपर्ने भएको छ। कोरोना महामारी सुरु भए यता डिसहोमले इलेक्ट्रोनिक्स रिचार्जमा दोस्रो पटक मूल्य वृद्धि गरेको हो। केहि महिनाअघि सम्म इलेक्ट्रोनिक्स रिचार्जको न्युनतम मूल्य ५०० तोकिएको थियो। लकडाउनको फाइदा उठाउँदै फेरी मूल्य बढाएर न्युनतम रकम १००० पुर्याइएको छ।

लकडाउनले धेरै जसो सेवा प्रदायक कम्पनीले ग्राहकलाई बिभिन्न प्रकारका सुबिधा दिए पनि डीस होम भने कमाउ धन्दामा लागेको छ। अझै घरमा बस्न बाध्य ग्राहकको समय बिताउने र सूचना लिने माध्यम टेलिभिजन भएको छ। लकडाउनको बाध्यात्मक परिस्थितीको मौकामा डीस होमले चौका हानेको देखिन्छ।

जारी लकडाउन सँगै स्कुल कलेज बन्द भएका कारण इन्टरनेटको पहुँच बाहिर रहेका बालबालिकाको पढाई समेत टेलिभिजनमा हुन् थालेकाले जनतालाई कार्ड रिचार्ज गर्नु बाध्यता जस्तै बनेका बेला डिस होमलाई भने पैसा कमाउने उपयुक्त मौका बनेको हो।

पछिल्लो समयमा डिसहोम नेपालका ग्रामिण भेगहरुमा लोकप्रिय भएको छ, डिसहोमका लाखौ ग्राहक छन्। घरको छानामा एउटा छाता राखेको भरमा जनता टेलिभिजनको युगमा प्रवेश गरेका छन। । लाखौ ग्राहकहरु माझ रिचार्ज शुल्क वृद्धि गरी अर्बौ कमाउने योजनामा कम्पनी लागेको छ। जनतालाई दैनिक खान समेत समस्या भएको बेला बालबालिकाको पढाई र सुचनामा समेत कुण्ठित गर्ने गरी गरीएको वृद्धिमा नियमन गर्ने सम्बन्धित निकाय भने मौन छ ।

 

WRITE COMMENTS FOR THIS ARTICLE