तिमी आयौ संघारमा स्वागत गर्न मन लाग्यो…(गजल)

तिमी आयौ संघारमा स्वागत गर्न मन लाग्यो
संगीतका सरगमभित्र बुट्टा भर्न मन लाग्यो

लम्किएर दुवै हात अलि परतिर
चोरी हेर्ने तिम्रो नयन हर्न मन लाग्यो

कल्पनाका धागोहरू एक-एक बटुलेर
उद्देश्यको केन्द्रभित्र पर्न मन लाग्यो

फल पक्का मीठो हुन्छ फूल फुले पछि
संयोगमा एउटा बीउ छ्र्न मन लाग्यो

धेरै थियो टाढा थियो, हाम्रो दूरी पनि
माया गर्न तिम्रो नजिक सर्न मन लाग्यो

 

रमेश सापकोटा

WRITE COMMENTS FOR THIS ARTICLE