तिम्रो मन्द मुस्कानले मेरो मुटु जल्छ किन ?(गजल)

तिम्रो मन्द मुस्कानले मेरो मुटु जल्छ किन ?
लजालु त्यो हेराइले मनमा छुरा चल्छ, किन ?
यस्तै तिम्रो मोहित स्पर्शले आज मेरो मनमा,
दन्किएर तरङ्गको आगो मनमा बल्छ किन ?
अटल मेरो अमर माया भुइँचालोमा परेर
प्रत्येक नशा कम्पिएर अनायासै गल्छ किन ?
तिम्रो त्यो रहस्यको गुणमा आकर्षित हुँदा
सुस्तरी लर्किएर मुटुतिर ढल्छ किन ?
सुस्तरी मेरो मायाको सकल बोटमा
फैलिएर तिम्रो माया मुटुभरि फुल्छ किन ?
रमेश सापकोटा
WRITE COMMENTS FOR THIS ARTICLE