तुरुपको ‘एक्का’ बृद्द्भत्ता अनि ‘जोकर’ फ्लप स्किम युवा स्वरोजगारको नारा

राजनितिक अस्थिरता अनि संम्सद बिघटन पछिको जेठ १५ अर्थात बजेट बिनियोजन कार्यक्रम। यस बर्ष आम नेपालीको ध्यान कोरोना कहर भन्दा पनि सरकारले ल्याउने वर्ष बजेट भाषणमा थियो।

महामहिम राष्ट्रपती ज्युको अध्यादेश मार्फत अर्थमन्त्री विष्णु पौडेलले रोष्टरमा बसेर बजेटको कार्यक्रम पस्कदै गर्दा मलाई नि केही उत्सुकता जाग्यो र टिभिको अगाडि बसेर हेर्दै गए।

संम्सद विघटन पछि सरकारले मध्यावधी निर्वाचन समेत तोकिसकेको छ।

यस्तो बेलामा देशले कोरोनाको आर्थिक ,सामाजिक र राजनितिक प्रभावलाई चिर्दै नयाँ कार्यदिशा तय गर्नुपर्ने आवश्यकता थियो। रोस्टममा आएर अर्थमन्त्रीले पछिल्लो वर्षको आय ब्यय र कार्य समीक्षा समेत सुनाएर बजेट भाषण गर्नुहोला सोचेको थिए तर उहाँलाई समीक्षा गर्न कोरोनाले असर पुर्याएको सुनेर मनमनै प्रश्न गरे।

“हुनत मन्त्री ज्यु देवकोटा र बादलको हिसाबमा अल्झिनु भएको थियो फेरि उता बाको ९३-१५३ सम्मको हिसाबमा नि उपस्थित हुनैपर्नी थियो त्यही भएर आय ब्ययको हिसाब गर्न भ्याउनु भएन होला।”

उहाँ सुनाउदै जानु भयो स्वास्थ्य सुरक्षामा बजेट सुनाउँदा मैले केही दिन अघिको उपकरण प्रक्रिया सम्झिए अनि मागेर ल्याएको भ्याक्सिनको कालोबजारी सम्झिए। त्यसपछी सुन्दै गए शिक्षाको बजेटमा ल्यापटपको कथा, मैले दार्चुला र जाजरकोटमा टुकि बालेर पढ्ने विद्यार्थी सम्झिन थाले। बैशाखमा सुरु भएको शैक्षिक पुस्तक असोजमा भेट्टाएर पढ्ने डोल्पाको कर्णधार सम्झिए।  रोजगारीको विभाग पनि आयो त्यता फेरि २५ लाखको युवा स्वरोजगार कार्यक्रमको उर्दि लाग्दै रहेछ, अनि सम्झिए अघिल्लो वर्ष खतिवडा काकाले ७ लाख दिन्छौ भनेर मनको लड्डु घ्यु सङ्ग खाँदै बैंकमा गएर घरबारी धितो राखेर १५% ब्याजमा ऋण लिएको।

अनि रोजगारी कार्यक्रम सफल पार्न दाइलाई मलेसियाको प्लेनमा बसाएर बिदाई गरेको। साँच्चै मेरो सरकारले बजेट बाँडफाँड गर्दा खाडीबाट लास झिकाउने बजेट पनि छुट्याइदिए हुने नि! फेरि सम्झिए डिग्री सकेको दाइको बेरोजगारी कथा।

अनि पालो आयो पुर्वाधार विकासको त्यतिबेला त गुन्द्रीजस्तो पिच, बनाउँदा बनाउँदै भत्केको पुल, रोपाई गर्न ठिक्क बनाए जस्तो सडक, छरपस्ट टाँगिएका तारहरु अनि बिजुलिको खम्बा, बिच बाटोमै फुटेको ढलहरु के के याद आयो के के ।

सुन्दै जाँदा बृद्दभत्ताको कुरा किन आएन भनेर खुल्दुली भयो किनकी यो त मनमोहनको पालादेखि एमालेको चुनावी गोटि नै भनेर सोचिराथे फ्याट्ट पौडेल काकाले ४००० पुर्याइयो भने त्यतिबेला फेरि मैले आजको दु:ख सम्झिए अनि भोलीको भत्ताको बल्छी जसमा फसाउन आज मेरो पसिनालाई आहारा बनाई राखिएको छ।

जुन लोभले मेरो हजुरबा अनि हजुरआमाले जिवनभरी पसिना सङ्ग साटेर तिरो वा कर भनेर तिरेको मेहनतको पैसा सम्झिए। अनि बुझे हलो अड्काउने, गोरु पड्काउने तिम्रो काइदा। अनि सोचे चौटाको आसमा बिचरा बुढाबुढिलाई झोलमा डुबाएर हड्डी चुस्न खोज्ने तिम्रा चालहरु।

चुनावि नारामा सजाउन तुरुपको एक्का बनाईएको तिम्रा वृद्धभत्ताले भविष्यमा तिनका सन्तानको टाउकोमा ऋणको भारी थुपारिन्छ भन्ने चाल पाए कुनै पनि आमाबाबुले त्यसको आश गर्ने थिएनन । यसैगरी प्रमाणपत्रको नाममा युवालाई रोजगारी दिने भनेर तिम्ले घोषणा गर्नु केवल जनतालाई जोकर बनाउनु हो।

अघिल्लो वर्ष मुस्किलले १४० जनाले सेवा लिएका थिए त्यही पनि सायद कसैका आसेपासेले पाए होलान्। नत्र अरुले त सबै प्रमाणपत्र र योजना बोकेर जाँदा बैंकले वास्ता गरेन भन्ने मात्र गुनासो आयो। के गर्नु मन्त्रीज्युलाई कुर्सीको चटारो छ त्यति अध्ययन गर्न नि पाउनुभएन निर्वाचनमा लगाउने नाराको समेत ध्यान दिनै पर्यो। अब कार्यन्वयनमा आए नआए पनि सस्तो लोकप्रियताको निमित्त र हतारोमा अध्ययन बिहिन बजेट त पस्किहाले। जे जस्तो भएनि बजेटका बुँदाहरु रोचक र चाख लाग्दा चाहिँ छन् है।

WRITE COMMENTS FOR THIS ARTICLE