तेश्रो विश्वयुद्धको कथामा तयार हुने चलचित्रमा प्रभास र दीपिका देखिने पक्का

चलचित्र बाहुबलीबाट आफ्नो छुट्टै पहिचान बनाएका प्रभास नयाँ फिल्ममा बलिउड अभिनेत्री दीपिकासँग देखिने भएका छन।

पुजा हेगडे, श्रद्धा कपुरसँग काम गरिसकेका प्रभासले अब आउने प्रोजेक्टमा दीपिकासँग काम गर्न लागेका हुन।

भारतीय सञ्चारमाध्यमका अनुसार एक तेलुगु भाषाको फिल्म यी दुई स्टार देखिन लागेका हुन।

प्रभासले इन्स्ट्राग्राममा एक पोस्ट गर्दै दीपिकालाई स्वागत समेत गरेका छन।

https://www.instagram.com/p/CCz-4dCHYTw/

 

यो चलचित्रलाई तेश्रो विश्वयुद्धको कथामा तयार पारिनेछ । यो चलचित्रलाई सन् २०२२ मा रिलिज गर्ने योजना यसको निर्माणपक्षको छ । यो चलचित्रलाई हिन्दी, तमिल र तेलुगु भाषामा निर्माण गरिनेछ । दीपिका र प्रभास पहिलोपटक एउटै फिल्ममा काम गर्न लागेका हुन।

भारतीय सञ्चारमाध्यमले उक्त फिल्म साइन्स हुने र फिल्मको निर्देशक नाग आश्विन रहने उल्लेख गरेका छन।

WRITE COMMENTS FOR THIS ARTICLE