तेस्रो डिभिजनको टोलीसँग पराजित हुँदै कोपा डेल रेबाट बाहिरियो एथ्लेटिको म्याड्रिड…

ला लिगाको शीर्ष स्थानमा रहेको एथ्लेटिको म्याड्रिड तेस्रो डिभिजनको टोली युई कोर्नेलासँग स्तब्ध हुँदै कोपा डेल रेको दोस्रो चरणबाट अप्रत्यासितरुपमा बाहिरिएको छ ।

खेलको सातौँ मिनेटमा एड्रियन जिमिनेजले गरेको गोल नै खेलमा निर्णायक बन्न पुग्यो । राइकार्ड सान्चेजले दुईवटा पहेँलो कार्ड पाएपछि खेलको अन्तिम २७ मिनेट एथ्लेटिको १० खेलाडीमा खेल्न बाध्य बनेको थियो ।

खेलमा डिएगो सिमिओनीको टोलीले डिफेन्डर जोसे जिमिनेजलाई घाइते हुँदै गुमाएको थियो । तेस्रो डिभिजनको टोलीबाट पराजित हुँदै प्रतियोगिताबाट एथ्लेटिको बाहिरिएको यो लगातार दोस्रो वर्ष हो । गत वर्ष एथ्लेटिको कल्चरल लियोनेसासँग पराजित भएको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE