त्रिदेशीय फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक,खेल दशरथ रंगशालामा हुने

एन्फाको आयोजनामा हुन लागेको त्रिदेशीय फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । मार्च २३ मा बंगलादेश र किर्गिस्तानबीचको खेलबाट प्रतियोगिताको सुरुवात हुनेछ ।

दशरथ रंगशालमा हुने प्रतियोगिताका सबै खेल साँझ साढे ५ बाट हुने छन् । मार्च २५ मा नेपालले किर्गिस्थानसँगको खेलबाट प्रतियोगिताको सुरुवात गर्नेछ । मार्च २७ मा नेपालले बंगलादेशसँग खेल्नेछ ।

कोभिडका कारण फिफा विश्वकप कतार-२०२२ र एएफसी एसियन कप चीन-२०२३ को एसिया छनोट खेल स्थगित भएपछि एन्फाले त्रिदेशीय खेलको आयोजना गरेको हो। प्रतियोगितामा किर्गिस्तानको भने यु-२३ टिमले सहभागिता जनाउनेछ । राउन्ड रोविनको आधारमा हुने प्रतियोगितामा कुल ४ खेल हुनेछ । शिर्ष दुई स्थानमा रहने टिमले फाइनल खेल्ने छन् ।

 

WRITE COMMENTS FOR THIS ARTICLE