थाहा नपाई उनको दिलमा पसिएछ क्यारे…(गजल)

थाहा नपाई उनको दिलमा पसिएछ क्यारे
मुटुको डोरी उसैसँग कसिएछ क्यारे

पिरतीको बन्धनबाट सारा कुरा भुलेर
सबै कुरा बिर्सी ढुक्कै बसिएछ क्यारे

यो एउटा जिन्दगी त्यो अर्को जिन्दगीमा
कुवाको पानी जस्तै रसिएछ क्यारे

विडम्बना !  मैले केही बुझ्न नजानेर
त्यही माया-जालमा हजुर फसिएछ क्यारे

बाचौं अब कसरी यो स्वार्थी दुनियाँमा
जिन्दगीको हांगाबाट खसिएछ क्यारे।।

रमेश सापकोटा

WRITE COMMENTS FOR THIS ARTICLE