‘दसैं अर्काेपटक पनि आउँछ, यसपटकको दसैंचाहिँ हामी जहाँ छौं त्यहीं बसेर मनाऔं।’

सरकारले यसपालिको दसैं कतै आवतजावत नगरी जहाँ छौं त्यहीं बसेर मनाउन आम नागरिकलाई आग्रह गरेको छ।

कोरोना संक्रमण हुने जोखिम उच्च रहेकाले सुरक्षाका लागि कतै नगई हाल बसिरहेकै स्थानमा चाड मनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबैमा अनुरोध गरेको हो।

नियमित कोभिड-१९ प्रेस ब्रिफिङका क्रममा आइतबार दिउँसो मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले भने, ‘दसैं अर्काेपटक पनि आउँछ, यसपटकको दसैंचाहिँ हामी जहाँ छौं त्यहीं बसेर मनाऔं।’

यस्तै उनले अति आवश्यक नपरीकन घरबाट बाहिर ननिस्कन तथा निस्कनै परे जनस्वास्थ्य मापदण्ड (सावधानी) पालना गर्न पनि आग्रह गरे।

 

WRITE COMMENTS FOR THIS ARTICLE