दुई खेलको प्रतिबन्धपछि मैदान फर्किँदै नेयमार…

ब्राजिलियन तथा पेरिस सेन्ट जर्मेन (पीएसजी) का स्ट्राइकर नेयमार दुई खेलको प्रतिबन्धपछि मैदान फर्किने भएका छन् । फ्रेन्च लिगवान फुटबलमा आइतबार राति हुने रेइम्सविरुद्धको खेलमा मैदान फर्किने भएका हुन् । खेल रेइम्सको घरेलु मैदानमा नेपाली समय अनुसार राति १२:४५ मा सुरु हुनेछ ।

मार्सेलीविरुद्धको खेलमा विपक्षी खेलाडी अल्भारो गोन्जालेजको टाउकोमा हिर्काएपछि लिग कमिटिले नेयमारलाई दुई खेलको प्रतिबन्ध लगाएको थियो । नेयमार प्रतिबन्धको अवधि पूरा गरेर फर्किँदा माउरो इकार्डी र केलियन एम्बाप्पे पनि टिममा रहनेछन् ।

लिगका चार खेल खेलेको रेइम्स घरेलु मैदानमा पीएसजीलाई रोक्ने लक्षका साथ मैदान उत्रिने छ । तर आफ्ना सबै मुख्य स्टारसहित मैदान उत्रने पीएसजीलाई रोक्न रेइम्सलाई निकै कठिन हुनेछ ।

यता नयाँ सिजनमा खराब सुरुवात गरेको पीएसजीले आफ्नो जितलाई निरन्तरता दिन चाहन्छ । लिगको सुरुवाती दुई खेलमा पराजित भएको पीएसजीले त्यसपछिका दुई खेलमा भने जित निकालेको थियो । पीएसजी ४ खेलमा ६ अंक जोडेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE