दुर्गम जिल्लामा यस्ता पनि छन् कार्यालय प्रमुख

हरिकृष्ण ऐडि, मुगु । पछिल्लो समय सरकारी कार्यालयहरुमा ढिलासुस्ती हुने जनगुनासो बढ्ने गरेको छ । तर मुगुको जिल्ला मालपोत कार्यालयमा भने कार्यालय प्रमुखको रुपमा जगत बहादुर रोकाया आएपछि कार्यालयबाट हुने सेवाहरु छिटो र छरितो हुने गरेको छ ।

कार्यालय प्रमुखको रुपमा आएपछि रोकायाले सरकारले गतबर्ष घोषणा गरेको सुखी नेपाली, संमृद्ध नेपालको नारालाई सफल पार्न कार्यालयका प्रत्येक सेवा प्रदायिक शाखा फाँटमा आफै उपस्थित् हुने गरेका छन् । कार्यालयका कर्मचारीहरुले के कस्ता काम गरेका छन् भनी दैनिक रुपमा रोकायाले कार्यालयको रजिष्टेशन तथा रोक्का , भु सुचना तथा अभिलेख , दर्ता चलानि तथा सोधपुछ कक्ष , लेखा शाखा , तामेली फाँट हरुमा प्रतेक दिन सम्बन्धित फाँटमा पुगी कार्यालयका कर्मचारी हरुबाट सेवाग्राहीलाई प्रदान गर्ने सेवा सम्बन्धि छिटोछरितो र गुणस्तरीय सेवा प्रदान गर्नलाई दैनिक रुपमा आँफै फाँटमै खटि फाँट बाट छिटोछरितो सेवा प्रदान गर्ने गरेका छन् ।

त्यस्तै कार्यालय प्रमुख रोकायाको अनुसार जिल्ला मालपोत कार्यालयमा गत बर्षको भन्दा ४० प्रतिशत बढी ले राजश्व संकलन समेत भएको छ । कार्यालय मा लेखत र व्यात्तिगत गरि प्रत्यक्ष प्रतिदिन १५ देखि २० जना सम्म सेवाग्राही ले फाईदा लिने गरेको उनले बताए । त्यस्तै आ.ब ०७७/७८ सालको दोस्रो चौमाषिकमा रु.२१ लाख ९२ हजार रकमको जग्गा राजिनामा बाट राजश्व संकलन भएको उनले बताए । “आधुनिकरण अनलाईन बाट सेवा ग्राहि लाई प्रदान गर्दा ईन्टरनेट ले राम्रोसँग छिटोछरितो काम नगरिदिंदा काममा अलि ढिलोहुने गरेको छ ।

यो ईन्टरनेट सेवा बाट काम गर्दा दुर्गम जिल्ला का यी मालपोत कार्यालय हरुमा नेपालटेलिकम ले यो बाध्यता लाई नियूनिकरण गर्नलाई मालपोत कार्यालय लाई छुट्टै ईन्टरनेटको ब्यावस्थापन गरिनुपर्ने देखिन्छ ।” प्रमुख रोकायाले भने । त्यस्तै रोकायाको अनुसार अदालतमा पनि जग्गा बिवाद सम्बन्धि मुद्दामा नापि हुनुभन्दा पुर्ब ७ नं भुमिसुधार फारम जिल्ला मालपोत कार्यालय दोन्दकालमा आगलागि हुदा भुमिसुधार फारम जग्गा धनिका प्रमाण प्रत्र सबै जलेर नष्ट भएको हुदा न्याय निरोपण गर्नमा भने समस्या देखिएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE