दूष्टि बिहिन बालबालिकाहरु लाई न्यानो कपडा वितरण

हरिकृष्ण ऐडि , मुगु। जिल्लाका दूष्टि बिहिन बालबालिकाहरु लाई जिल्ला नागरिक समाजको समन्वयमा एक कार्यक्रम गरि जाडो छल्ने बलाङ्केट र कपडा एक एक प्रति गमगढि बजारको कूष्ण चोकमा बितरण गरिएको छ।
छायानाथ रारा नगरपालिका वडा नं दुई मा नेपाल राष्ट्रिय आधारभुत बालमन्दिर बिधालयका छात्र ७ र छात्रा ५ गरि ११ जना दूष्टि बिहिन विद्यार्थिहरु लाई मुगु जिल्ला मा रहेको मोनालिसा मिडिया उधोगको आयोजनामा र जिल्ला नागरिक समाजको समन्वयमा एक कार्यक्रम बिच उक्त सहयोग वितरण गरिएको हो।
जिल्ला नागरिक समाजका संयोजक रुप बहादुर मल्लबाट नगद रु १० हजार, काष्टाबलाङ स्पेनका अक्कल बोहराबाट १५० डलर साथै अमेरिकन नागरिक मेशिनमोरि बज्यै र फ्याकस बाजेबाट यूरो ४ सय डलर प्राप्त भएको थियो।
मुगु जिल्लामा आर्थिक रुपमा पछि परेका साथै फरक छमता र दूष्टि बिहिन विद्यार्थिहरु लाई आर्थिक सहयोग होस भन्ने हेतुले मोनालिसा मिडिया उधोग मुगुको नाममा रकम जम्मा गरिएको थियो।
गमगढि बजारको कूष्ण चोकमा दूष्टि बिहिन बालबालिका ११ जना लाई जाडो छल्ने न्यानो कपडा , बलाङ्केट एक एक थान र बिद्यालयलाई सोलार एक थान लगायत अन्य बिधुत्तिय सामाग्री हरु कार्यक्रमका अध्यक्ष नागरिक समाज का संयोजक र प्रमुख अथिति समन्वय समितिका संयोजकको हातबाट सामाग्रीहरु समबन्धित बिधालयका प्रध्यानध्यापक र दूष्टि बिहिन बिधार्थिहरु लाई हस्तान्तरण गरिएको हो।

कार्यक्रममा उपस्थित दूष्टि बिहिन बिद्यार्थि छायानाथ रारा नगरपालिका वडा नं १३ तूर्प कि शान्ति रोकायाले हामी दूष्टि बिहिनहरु लाई जाडो छल्ने कपडा उपलब्ध गराउने मनोकारी भावना भएका समाजसेवी हरुलाई हूदयदेखि धन्यवाद प्रदान गरेकी छन्।

मोनालिसा मिडियाका संयोजक वसन्त बाकचनले बताए अनुसार यस्तै राहतका कार्यक्रमहरु दुरदराजमा रहेका बिपन्न परिवारका बालबालिकाहरु लाई आगामी दिनहरुमा पनि वितरण गरिनेछ। आर्थिक अवस्था कमजोर भई पढ्न नपाएकाहरु लाई यस्तै कार्यक्रम मार्फत समेटदै जाने भावि योजनाहरु रहेको कुरा बताएका छन्।

WRITE COMMENTS FOR THIS ARTICLE