देशका विभिन्न स्थानमा वर्षा

अहिले काठमाडौं लगायत देशका धेरै स्थानहरुमा मेघ गर्जनसहित वर्षा भइरहेको छ । आज दिनभरी नै मौसम प्रतिकुल रहने मौसम पूर्वानुमान माहाशाखाले जनाएको छ । मौसमपूर्वानुमान माहाशाखाकी मौसमविद् विभुती पोखरेलका अनुसार अहिले प्रि मनसुन सक्रिय भएका कारण अझैं केही दिन मौसममा गडबडी रहने भएको छ ।

आज काठमाडौं, पूर्वका सबैजसो स्थान र पश्चिममा पोखरासम्मका अन्य केही स्थानमा आशिंक एवं पूर्ण बदली र वर्षा हुने छ । अब, बिहानदेखि दिउँसोसम्म केहीबेर वर्षा रोकिएपनि साझ वर्षाको सम्भावना रहेको पोखरेलले बताइन् ।

‘बंगलाको खाडीबाट पनि जलवाष्पयुक्त वायु आइरहेको छ र स्थानीय वायुको प्रभाव समेत रहेको छ, प्रि मनसुन भएका कारण केहि दिन मौसम गडबडी रहने सम्भावना रहेको छ’ पोखरेलले भनिन् । देशका धेरै भुभागमा चट्यांग, मेघगर्जको सम्भवना यति बेला उच्च हुने भएका कारण सजगता अपनाउँन समेत मौसमविद्ले आग्रह गरेका छन् ।

यस्तो छ आगामी दुई दिनको मौसम पूर्वानुमान 

९ वैशाख 

दिउँसो, देशभर आंशिकदेखि सामान्य बदली रहि केहि स्थानहरुमा गेघजर्गन र असिना हावाहुरीसहित वर्षाको सम्भवना रहेको छ । राती, देशभर आंशिकदेखि सामान्य बदली रहि केहि स्थानहरुमा गेघजर्गन र असिना हावाहुरीसहित वर्षाको सम्भवना रहेको छ ।

१० वैशाख

दिउँसो , देशभर आंशिक बदली रहने । अपरान्हपछि पहाडी भुभागका केही स्थानहरुमा साथै पश्चिमी तराईका थोरै स्थानहरुमा मेघगर्जन चट्यांग असिना र हावाहुरीसहित वर्षाको सम्भावना छ । यस्तै राती, देशभर आंशिकदेखि सामान्य बदली रहेर पहडाी भुभागमा स्थानहरुमा गेघजर्गन र असिना हावाहुरीसहित वर्षाको सम्भवना छ ।

WRITE COMMENTS FOR THIS ARTICLE