देशभर बाढीको खतरा, तटीय क्षेत्रका बासिन्दालाई होसियारी अपनाउन अनुरोध

आज (आइतबार) कोसी, कमला, बागमती र नारायणी नदीमा बाढीको सतह सतर्कता आसपास पुग्ने भएकाले तटीय क्षेत्रका बासिन्दालाई होसियारी अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।

यस्तै आज कन्काई नदीमा बाढी खतरा तहसम्म पुग्ने सम्भावना छ भने प्रदेश १, २ र ५ का चुरे/तराईबाट वहने साना नदीमा आकस्मिक रूपमा बाढी उच्च सम्भावना रहेकाले डुबान भइरहने होचा स्थानमा सतर्कता अपनाउन बाढी महाशाखाले सचेत गराएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE