दोस्रो सन्तानकी आमा बनिन् अभिनेत्री करिना कपुर…

अभिनेत्री करिना कपुर दोस्रो पटक आमा बनेकी छन्। द इन्डियन एक्सप्रेसका अनुसार करिनाले आइतबार दोस्रो सन्तानका रूपमा छोरालाई जन्म दिएकी छन्। द इन्डियन एक्सप्रेसलाई करिना कपुरका बुवा, अभिनेता रणधिर कपुरले करिना आमा बनेको जानकारी गराएका हुन्। रणधिरका अनुसार करिनाले मुम्बईस्थित ब्रिच क्यान्डी अस्पतालमा आइतबार बिहान ९ बजे बच्चालाई जन्म दिएकी हुन्। करिना र बच्चा दुवैको स्वास्थ्य राम्रो भएको बताइएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE