धादिङको त्रिपुरासुन्दरीमा एकै परिवारका तीन जनाको मृत्यु

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–६ आगिञ्चोकमा पहिरोमा पुरिएर एकै परिवारका तीन जनाको मृत्यु भएको छ। धादिङ प्रहरीका अनुसार, सोमबार राति पहिरोले घर पुरिदा तीनै जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा मिलन खाँण (२५), उनकी श्रीमती सम्झना (२२) र छोरी अञ्जिता (२) छन्। स्थानीय र प्रहरी भएर तीनै जनाको शव निकालिएको थियो। सोमबार मात्रै गजुरी गाउँपालिकामा पहिरोमा परेर निरुता परिवार (१७) को मृत्यु भएको थियो।

वैशाख देखि मनसुन शुरु भएपछि लगातारको वर्षाका कारण पहिरोमा परी देशभर ११३ जनाको मृत्यु भइसकेको छ भने ४३ जना बेपत्ता भएका छन्। पहिरोमा परेर ८७ जना घाइते भएका छन्। मंगलबार पनि देशभर लगातार वर्षा भइरहेको छ।

WRITE COMMENTS FOR THIS ARTICLE