नयाँ भूमिकाका लागि ५० दिन भूमिगत हुँदै मनोज बाजपेयी

पछिल्लो तीन दशकदेखि यादगार भूमिका निभाइरहेका अभिनेता मनोज बाजपेयी उत्कृष्ट अभिनय क्षमताका कारण चर्चित छन् । आफ्नो हरेक भूमिकालाई जीवन्त देखाउन उनी कुनै कमी छोड्दैनन् । यस्तै, उनी आफूले निभाउन लागेको नयाँ भूमिकाको तयारीका लागि सम्पर्कविहीन बन्न लागेका छन् । चलचित्रको छायांकन नसकेसम्म करिब ५० दिनसम्म ‘अन्डरग्राउन्ड’ हुने निर्णय मनोजले लिएका छन् ।

चलचित्रको कास्ट र निर्देशकसँग १५ दिनको कार्यशाला भर्खरै सकाएका उनले यस्तो निर्णय लिएका हुन् । यस चलचित्रमा उनको भूमिका केही इन्टेन्सिभ भएकाले आफूलाई उक्त पात्रमा ढाल्न गर्न यस्तो निर्णय लिएका हुन् । कनु बहलले निर्देशन गर्न लागेको यस चलचित्रको नाम भने सार्वजनिक हुन बाँकी नै छ ।

WRITE COMMENTS FOR THIS ARTICLE