नव निर्वाचित राष्ट्रपति बाइडेनले लगाए मोडर्ना कोरोना खोप…

अमेरिकाको नव निर्वाचित राष्ट्रपति जो बाइडेनले पनि कोरोनाविरुद्धको खोप लगाएका छन् । अमेरिकामा प्रयोगका लागि मान्यता दिएको दोस्रो खोप मोडर्नाको उद्घाटन गरेका हुन् । यो खोपप्रति जनविश्वास जगाउनका लागि बाइडेनले आफूबाट अमेरिकामा मोडर्ना खोपको सुरुवात गरेका हुन् ।

अमेरिकी टेलिभिजन सिएनएनले दिएको खबर अनुसार सोमबार दिउँसो(अमेरिकी समम) बाइडेनले मोडर्नाको कोरोना खोप लगाएका हुन् । उनले खोप लगाएको टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिएको थियो ।

अमेरिकामा प्रयोगका लागि यसै साता अनुमति पाएको मोडर्ना खोप सोमबार नै अमेरिका भित्र्याइएको थियो । खोप लगाएपछि बाइडेनले खोपको विकास, वितरण र कोरोना भाइरसविरुद्धको लडाईमा अग्रपंतिमा खटिएका स्वास्थ्यकर्मीप्रति आभार प्रकट गरेका छन् । अमेरिकामा यसअघि फाइजरको खोप लगाउन थालिएको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE