नागार्जुन नगरपालिकाको राहत वितरणमा मनोमानी

सरकारले कोरोना राहत वितरणलाई व्यवस्थित बनाउने नारा बजाइरहेको छ । तर पनि काठमाडौं जिल्लाका विभिन्न नगरपालिका वडाहरुले आफ्नो मनोमानी ढङ्गले राहत वितरण गर्ने गरेका छन् ।

नागार्जुन नगरपालिका वडा नं ४ मा यस्तै घटना भएको छ । वडाले गए २७ गते वितरण गरेको खाने तेल गुणस्तरहिन भेटिएपछि माहोल तातेको थियो । करीब ५०० परिवारलाई राहत दिने योजनाका रहेको वडाले, लगभग ४०० भन्दा धेरै परिवारले राहत लिइसकेपछि मात्रै बाँड्न लागेको राहत गुणस्तरहिन भएको थाहा पाएका थिए । राहत लिन आउने प्रभावितले तेलको समाप्त मिति देखेपछि हगांमा खडा गरेका थिए । राहतमा प्राप्त गरेको तेल सँगसँगै चामल पनि खान योग्य नभएको एक प्रभावितले बताएका छन् । समाप्त मिति बाँकी रहे पनि चामल धेरै पुरानो र घुन मिसिएको भेटिएको छ ।

“आफ्नो दैनिकी टार्न समस्या भएको बेला यही खान अयोग्ग राहत भए पनि लिएर आएका छौं” एक प्रभावितले हिमाल दर्पणसँग गुनासो गरे ।

सरकारले कोरोना प्रभावित राहत वितरण निर्देशिका जारी गरेपनि सो वडाले बिना प्रतिस्पर्धा राहत खरीद गरेको खुल्न आएको छ । वडाले सोल्टी दोबाटो स्थित विक्रम श्रेष्ठले सञ्चालन गरेको न्यूबीके स्टोरबाट सामान खरीद गरेको थियो । खरीद गरेको सामान गुणस्तरहिन भएको कुरा हामीलाई थाहा थिएन । राहत वितरण गर्नु भन्दा अगाडी आफूले चेकजाँच गर्न बिर्सेको भनेर वडा अध्यक्ष करुण कुमार बलामीले स्विकार गरेका छन् । स्थिति नियत्रण बाहिर गएपछि वाणिज्य विभाग लाई खबर गरिएको थियो । विभागले सो न्यूबीके स्टोरलाई ३ लाख जरिवाना गराएको छ ।

राजधानीका प्रभावितको हालत यस्तो छ भने दुरदराजमा कस्तो हालत छ भनेर बुझ्न सक्छौं । जनप्रतिनिधी जनता प्रति उत्तरदायी बन्नुको सट्टा कालोबजारीलाई प्रसय दिइराखेको छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE