नासा भन्छ सूर्य आकारको एउटा तारालाई ब्ल्याकहोलले निल्यो

१ असोज, काठमाडौं

ब्ल्याकहोल अन्तरीक्षको त्यो क्षेत्र हो जहाँ प्रकाश पनि यहाँ प्रवेश गरेपछि बाहिर निस्कन सक्दैन, त्यसलाई नै ब्ल्याक होल भनिन्छ |

यस होलभित्रको क्षेत्रमा भौतिक विज्ञानको कुनै पनि नियमले काम गर्दैन । यसको गुरुत्वाकर्षणबाट केही पनि बच्न नसक्ने प्रक्षेपण गरेका छन् ।

रोचक कुरा यो छ कि यसै वर्ष अपि्रलमा वैज्ञानिकले ब्ल्याकहोलको एक तस्वीर सार्वजनिक गरेका थिए । यो तस्वीर पृथ्वीको सबैभन्दा नजिकको ब्ल्याकहोल एम-८७ को थियो । त्यसका साथै २४ वर्ष अगाडि एक ब्ल्याकहोलको बारेमा पत्ता लागेको थियो, जसलाई ‘स्याजिटेरस ए स्टार’ नाम दिइएको थियो जुन आकाशगंगाको केन्द्रमा थियो |

सूर्यभन्दा ६० गुणा गह्रुंगो यो ब्ल्याकहोलमा अहिले तरङ्ग छाएको छ |

रिसर्चरहरूका अनुसार ब्रहृमाण्डीय उथलपुथलको कारण सूर्यको आकारको एक तारा ब्ल्याकहोलमा विलिन भएको वा ब्ल्याकहोलले निलेको देखेको बताएका छन् । वैज्ञानिकले यस घटनालाई ज्वारीय विघटन (टाइडल डिसरप्सन) भनेका छन् ।

यस खगोलीय घटनालाई नासाको उपग्रह ट्रान्जिटिङ्ग एक्सोप्लेनेट सर्भे स्याटलाइट (टीईएसएस) र नील गेहरेल्स स्विफ्टको मद्दतमा हेरिएको थियो । नासाका अनुसार हालसम्म केबल चालीसपटक यस्तो खगोलीय घटना भएको पत्ता लागेको छ ।

एस्ट्रोफिजिकल जनरल लेटर्समा छापिएको अनुसन्धान रिपोर्टका अनुसार ब्ल्याकहोल स्याजिटेरस ए स्टारको तुलनामा ‘भोकाएको’ छ । त्यसैले आफू आसपासका चिजहलाई यसले तीव्रताका साथ आफूमा विलीन गराइहाल्छ ।

एक ब्ल्याकहोलको आफ्नै प्रकाश हुँदैन । तर अरु चिज यसमा समाहित हुन्छन् र प्रकाशको स्रोत बन्न सक्छन् ।

विश्वका अलग-अलग देशका ३४७ वैज्ञानिकको टोलीले ब्ल्याकहोलमा अनुसन्धान गरिरहेका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE