नुवाकोट तादी खोलामा खसेर ७० बर्षिय वृद्ध बेपत्ता

नुवाकोट जिल्ला सुर्यगडी गाँउपालिका ५, फेदिबेसी निवासि ७० बर्षिय सन्त बहादुर सुनार १८ गते देखि तादी खोलामा खसेर बेपत्ता भएका छन्।

खोला किनारमा मोबाइल र टोपी भेटिएकाले आफैं हाम्लेको हुनसक्ने जिल्ला प्रहरी कार्यालय नुवाकोटले जानकारी दिएको छ। खोलामा पानीको उच्च बहाबका कारण खोजतलासमा समस्या भएको छ। जिल्ला प्रहरी कार्यालय नुवाकोट र धादिङ्गको संयुक्त सहकार्यमा खोजतलास गर्दा पनि केही प्रमाण भेटाउन सकिएको छैन्।

तादी खोला अलि तल गएर त्रिशुली नदीमा मिल्ने हुनाले खोज्‍ने काम थप चुनौती पूर्ण भएको हो।

WRITE COMMENTS FOR THIS ARTICLE