‘नेफ्टा फिल्म अवार्ड’ २९ फागुनमा आयोजना हुने

कोरोनाको कारण समयमा हुन नसकेको ‘नेफ्टा फिल्म अवार्ड’ २९ फागुनमा आयोजना हुने भएको छ । नेपाल चलचित्र प्राविधिक संघ तथा ड्रिम हाई नेपालको संयुक्त आयोजना हुन लागेको अवार्ड नेफ्टाको १० औं संस्करण हो । ‘एलआइसी नेफ्टा फिल्म अवार्ड’ नाम दिइएको यो अवार्डलाई उत्कृष्ट बनाउने प्रयास भैरहेको इभेन्ट निर्देशक कमल जिसीले बताए ।

इभेन्ट निर्देशक जिसीका अनुसार कार्यक्रममा प्रस्तुति दिने कलाकारहरुको अहिले नाचघरमा जमलमा रिहर्लसल भैरहेको छ । राजेश हमालको विशेष प्रस्तुति र शोभित बस्नेत, सलोन बस्नेत, सुरक्षा पन्त, जेबिका कार्कीलगायत दर्जन चर्चित कलाकारले प्रस्तुति दिनेछन् । कार्यक्रमको उद्घोषण सन्दिप क्षेत्री, सञ्जोक बस्याल, माल्भिका सुब्बाले गर्नेछन् ।

WRITE COMMENTS FOR THIS ARTICLE