नेयमारले अझै चार वर्ष पीएसजीबाटै खेल्ने…

पिएसजीले स्टार खेलाडी नेयमारलाई चार वर्षको सम्झौता अफर गर्ने खबर बाहिर आएको छ । सन् २०१७ मा बार्सिलोनाबाट पिएसजीमा उनी अनुबन्ध भएका थिए ।

 

पिएसजी अनुबन्ध भएपछि उनी धेरैपटक चोटको शिकार पनि भए । तर, व्याक टु व्याक उनी लयमा फर्कन सफल भए ।

 

सन् २०२६ सम्मका लागि क्लबले उनीसँग सम्झौता गर्न चाहेको छ ।

 

एक वर्ष अगाडि उनी बार्सिलोना जाने खबर लगातार आइरहेको थियो ।

 

तर, क्लबप्रति नै उनी प्रतिबद्ध रहेको प्रतिक्रिया नेयमारले दिएका थिए । गएको सिजन च्याम्पियन्स लिगको फाइनलमा पुग्न सफल पिएसजीले आफ्ना स्टार खेलाडीहरुलाई क्लबमा नै राख्न खोजिरहेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE