पछिल्लाे २४ घण्टामा उपत्यकामा ६१८ कोरोना सङ्क्रमित

पछिल्लाे २४ घण्टामा काठमाण्डौ उपत्यकामा ६ सय १८ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बिहीबार काठमाण्डौमा पाँच सय सात, ललितपुरमा ६१ र भक्तपुरमा ५० जनामा सङ्क्रमण पुष्टि भएकाे जनाएकाे छ ।

गएकाे २४ घण्टामा काठमाण्डाै उपत्यकासहित देशैभर एक हजार दुई सय ४६ जनामा कोरोना भाइरसकाे सङ्क्रमण देखिएकाे छ । याेसँगै नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ५९ हजार पाँच सय ७३ पुगेकाे छ ।

WRITE COMMENTS FOR THIS ARTICLE