पछिल्लो २४ घण्टामा उपत्यकामा ८१७ जनामा कोरोना सङ्क्रमण

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ८१७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौँमा मात्रै ६४९ जनामा सङ्क्रमण पुष्टि भएको छ भने ललितपुरमा १३२ र भक्तपुरमा ३६ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।

उनीहरूको उपत्यकाका विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो । यसैगरी उत्यकामा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भक्तपुरकी १ महिला रहेको मन्त्रालयले जनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE