पछिल्लो २४ घण्टामा उपत्यकामा ११ सय ७७ जनामा कोरोना संक्रमण…

पछिल्लो २४ घण्टामा २१ सय २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र ११ सय ७७ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा एक जहार एक, भक्तपुरमा ६७ र ललितपुरमा १०९ जना रहेका छन् ।

नेपालमा पछिल्लो २४ घण्टामा थपिएका २१ सय २० कोरोना संक्रमितमध्ये काठमाडौं उपत्यकाका ११ सय ७७ जना हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज १२ हजार ९७८ जनामा पिसिआर परीक्षण गर्दा २१ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा थप २ हजार ४४ जना संक्रमणमुक्त भएका छन् । अहिलेसम्म ८४ हजार ५ सय ७० जनामा संक्रमण भएको छ भने ६२ हजार ७४९ जना डिस्चार्ज भएका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE