पछिल्लो २४ घण्टामा उपत्यकामा थपिए १३५७ कोरोना संक्रमित…

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १३५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि शुक्रबार (हिजो) काठमाडौंमा उपत्यकामा १८८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । नेपालमा पछिल्लो २४ घण्टामा थप २५०८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख ७० हजार ७४३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ३८५८४रहेको छ । पछिल्लो २४ घण्टामा थप २२६४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १ लाख ३१ हजार २२२ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप १७ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ९३७ पुगेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE