पछिल्लो २४ घण्टामा उपत्यकामा १६ सय ३० कोरोना संक्रमित थपिए…

काठमाडौँ उपत्यकामा आज १६ सय ३० कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा १३ सय २९, भक्तपुरमा १०८ र ललितपुरमा १९३ संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार अहिले काठमाडौँमा १६ हजार ११८ सक्रिय संक्रमित रहेका छन् भने भक्तपुरमा १०३३ र ललितपुरमा २२८८ सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै अहिलेसम्म काठमाडौँ जिल्लाका ४८ हजार १८५ जना संक्रमण मुक्त भएका छन् भने भक्तपुरका ४८०३ र ललितपुरका ६८ सय जना संक्रमण मुक्त भएका छन् । अहिलेसम्म काठमाडौँमा कुल ६४ हजार ५४६ जना संक्रमित भएका छन् भने भक्तपुरका ५९०३ र ललितपुरका ९१५१ जना संक्रमित भएका छन् ।

 

WRITE COMMENTS FOR THIS ARTICLE