पछिल्लो २४ घण्टामा उपत्यकामा २२४ जनामा कोरोना संक्रमण पुष्टी

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा नोभेल कोरोना भाइरसका २२४ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार काठमाडौं उपत्यकामा २२४ संक्रमित थपिएका हुन् ।
उनका अनुसार काठमाडौंमा १७७, ललितपुरमा ३३ र १४ भक्तपुरमा संक्रमित थपिएका हुन् ।
आइतबार काठमाडौंमा १६६ संक्रमित थपिएका थिए । जसमा काठमाडौंमा १२६, भक्तपुरमा २८ र ललितपुरमा १२ संक्रमित थपिएका हुन् ।
WRITE COMMENTS FOR THIS ARTICLE