पछिल्लो २४ घण्टामा उपत्यकामा २३२ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप २ सय ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।

नियमित मिडिया ब्रिफिङका क्रममा मंगलबार मन्त्रालयका प्रवक्ता डा।जागेश्वर गौतमले काठमाडौंमा १९९, भक्तपुरमा १४ र ललितपुरमा १९ जना गरि उपत्यकामा २३२ जना नयाँ संक्रमित थपिएको बताएका हुन् ।

WRITE COMMENTS FOR THIS ARTICLE