पछिल्लो २४ घण्टामा उपत्यकामा ४६४ जना कोरोना संक्रमित

काठमाडौं उपत्यकामा थप ४६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।  बुधबार गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप ४६४ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार काठमाडौंका ३९४, भक्तपुरका ३६  र ललितपुरका ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

 

WRITE COMMENTS FOR THIS ARTICLE