पछिल्लो २४ घण्टामा कोरोनाबाट थप १३ जनाको मृत्यु…

नेपालमा कोरोनाबाट थप १३ जनाको ज्यान गएको छ। यससँगै हालसम्म देशभर १२१५ जना कोरोना संक्रमितको ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको दाबी छ। पछिल्लो २४ घण्टामा देशभर थप १९४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै हालसम्म मुलुकमा २०८२९९ जनामा कोरोना संक्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज २५०३ जना कोरोना संक्रमित निको भएका छन्। यससँगै हालसम्म १७०६३२ जना संक्रमित निको भएको मन्त्रालयले जनाएको छ। हाल १०५७ जना क्वारेन्टिनमा रहेका छन् भने ३६४५२ जना सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन्।

WRITE COMMENTS FOR THIS ARTICLE