पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ३ को मृत्यु, मृतकको संख्या १४९ पुग्यो

नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १४९ पुगेको छ । पछिल्लो २४ घण्टामा थप तीन जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा।डा। जागेश्वर गौतमले जानकारी दिए ।

मन्त्रालयका अनुसार झापाका ५८ वर्षीय पुरुष, पर्साकी ५६ वर्षीया महिला र सर्लाहीकी ३३ वर्षीया महिलाको कोरोनाकै कारण मृत्यु भएको हो।

पछिल्लो २४ घण्टामा नेपालमा ८१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। काठमाडौं उपत्यकामा भने १६६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा। गौतमले जानकारी दिए ।

WRITE COMMENTS FOR THIS ARTICLE