पछिल्लो २४ घण्टामा थपिए १९१३ कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा मुलुकभर एक हजार ९ सय १३ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । यो सँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या दुई लाख ४ हजार २ सय ४२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । अहिले देशभर ३८ हजार ४ सय ६१ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घन्टामा १५ जना संक्रमितको मुत्यु भएको मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोभिड संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार १ सय ८९ पुगेको छ ।

 

WRITE COMMENTS FOR THIS ARTICLE