पछिल्लो २४ घण्टामा थप ५३४ जना कोरोना संक्रमित, ९ जनाको मृत्यु…

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप ९ जनाको मृत्यु भएसँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको कूल संख्या एक हजार ८५६ जना पुगेको छ ।

त्यसैगरी बितेको २४ घण्टामा देशभर थप ५३४ जना संक्रमित थपिएका छन् । योसँगै हालसम्म कोरोना संक्रमण पुष्टी हुनेको संख्या २ लाख ६० हजार ५९३ पुगेको छ ।मन्त्रालयका अनुसार गत २४ घण्टामा ४४७ जना कोरोना संक्रमित निको भएका छन् । यो सँगै हालसम्म कोरोना निको हुनेको कूल संख्या २ लाख ५२ हजार ३५९ पुगेको छ । अहिले नेपालमा ६ हजार ३७८ जना सक्रिय संक्रमितहरु रहेको मन्त्रालयले जनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE