पछिल्लो २४ घण्टामा थप ९६ जनामा कोरोना संक्रमण… 

पछिल्लो २४ घण्टामा थप ९६ जनामा कोरोना भाइरस  पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७३ हजार १ सय ६६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ३ जनाको मृत्यु भएसँगै कुल मृतक संख्या २ हजार ५८ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा थप १११ जना निको भएसँगै कुल संक्रमणमुक्त हुनेको संख्या २ लाख ६९ हजार ५ सय ५ पुगेको छ । हालसम्म नेपालमा २१ लाख ३१ हजार ३ सय ३० जनाको कोरोना परीक्षण गरिएको छ भने हाल १ हजार ६ सय ३ जना सक्रिय कोरोना संक्रमित रहेका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE