पछिल्लो २४ घन्टामा उपत्यकामा ४ सय १५ जना कोरोना संक्रमित

काठमाण्डु उपत्यकामा पछिल्लो २४ घण्टामा ४ सय १५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाण्डु, ललितपुर र भक्तपुरमा ४ सय १५ जना संक्रमित फेला परेको जानकारी दिए ।

जसअनुसार काठमाण्डुमा ३५०, भक्तपुरमा ५४ र ललितपुरमा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आजको संक्रमण हिजोको तुलनामा बढी हो । हिजो काठमाण्डु उपत्यकामा ३७७ जना संक्रमित फेला परेका थिए ।

WRITE COMMENTS FOR THIS ARTICLE