पत्रकार ऋषि धमलालाई कोरोना संक्रमण…

पत्रकार ऋषि धमलालाई कोरोना संक्रमण देखिएको छ । धमलाले आफूलाई कोरोना संक्रमण भएको आइतबार साँझ फेसबुकमार्फत जानकारी दिएका हुन् । कन्ट्याक्ट ट्रेसिङको आधारमा आइतबार गराएको कोभिड–१९ को स्वाब परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको धमलाले बताएका छन् ।

संक्रमण देखिएपनि आइतबार साँझबाट होम आइसोलेसनमा बसेको उनले जानकारी गराएका छन् । आफूसँग प्रत्यक्ष सम्पर्कमा आएका सबैलाई स्वास्थ्य सतर्कता धमलाले आग्रह गरेका छन् । आफूले छिट्टै संक्रमणलाई परास्त गर्ने विश्वास उनले व्यक्त गरेका छन् ।

 

 

 

WRITE COMMENTS FOR THIS ARTICLE