पशु बाँध्ने डोरी झैँ बाटिएको जिन्दगी छ (गजल)

पशु बाँध्ने डोरी झैँ बाटिएको जिन्दगी छ
संघर्ष नै संघर्षमा काटिएको जिन्दगी छ

कठोर यात्राबाट मुक्ति कहिले पाउने होला
भिखारीको टालो जस्तै फाटिएको जिन्दगी छ

बेचिएर विलासीको इच्छा पूरा गर्नलाइ
पैसासँग इज्जत नै साटिएको जिन्दगी छ

अघि बड्न पाइला चाल्दा ठेस लाग्छ सधैं
प्रत्येक ठाँउ हार खाएर लाटिएको जिन्दगी छ

सामना गर्दै छु पापी यो समाजबाट
आलुजस्तै कुहिएर छाटिएको जिन्दगी छ ।।

WRITE COMMENTS FOR THIS ARTICLE