पहिलो चरणबाटै बाहिरियो सन्दीप लामिछाने आबद्ध होबर्ट हरिकेन्स…

सन्दीप लामिछाने आबद्ध होबर्ट हरिकेन्स अस्ट्रेलियामा जारी बिग बास लिग-बीबिएल क्रिकेटको पहिलो चरणबाटै बाहिरिएको छ। पहिलो चरणको अन्तिम खेलमा मंगलबार पुछारको टोली मेलबर्न रेनेगेड्ससँग ११ रनको हार ब्यहोरेपछि हरिकेन्स शीर्ष पाँचभित्र अटाउन सकेन। एक सय ५१ रनको लक्ष्य पाएको हरिकेन्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर एक सय ३९ रन जोड्न सक्यो। हरिकेन्सले अन्तिम सात बलमा तीन विकेट गुमाएको थियो।

त्यसअघि पहिला ब्याटिङ गरेको रेनेगेड्सले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ५० रन जोडेको थियो। सन्दीपले चार ओभरमा ३५ रन खर्चिए पनि एक विकेट पनि हात पार्न सकेनन्। प्रतियोगिताको यो सिजन सन्दीपले ८ खेलमा ८ विकेट हात पारे। हरिकेन्स १४ खेलबाट २८ अंक जोडेर छैटौँ स्थानमा रह्यो। एडिलेड स्ट्राइकरको पनि १४ खेलबाट २८ अंक रहेपनि हरिकेन्स नेटरनरेटमा पछाडि पर्‍यो।

WRITE COMMENTS FOR THIS ARTICLE