पाँच महिनापछि हिरासतबाट छुटे रोनाल्डिन्हो

ब्राजिल तथा क्याटलान क्लब बार्सिलोनाका पुर्वस्टार रोनाल्डिन्हो पाराग्वेको जेलबाट मुक्त भएको छन् । पाराग्वेका न्यायधिश गुस्ताभो अमरिल्लाले रोनाल्डिन्हो र उनका दाईलाई झन्डै पाँच महिनापछि जेलबाट मुक्त गरेका हुन् । नक्कली पासपोर्ट र कागजातसहित पाराग्वे प्रवेश गरेको आरोपमा रोनाल्डिन्हो र उनका दाई रोवर्टो डि एसिस मोरेइरालाई पाराग्वे प्रहरीले एक होटेलबाट गत उनीहरुलाई गत मार्चमा पक्राउ गरेको थियो । यि दाजुभाईलाई पाराग्वे प्रहरीले एक महिनासम्म जेलमा र त्यसपछि चार महिना पाराग्वेको राजधानी असुनियनको एक होटलमा ‘हाउस एरेस्ट’ मा राखेको थियो ।

न्यायधिश गुस्ताभो अमरिल्लाका अनुसार ४० वर्षे भेट्रान मिडफिल्डर रोनाल्डिन्होले आफुले चाहेको जुनसुकै देशमा स्वतन्त्र रुपमा यात्रा गर्न पाउने भएपनि उनले आफ्नो स्थायी ठेगाना परिवर्तत गरेको खण्डमा सुसुचित गराउनुपर्नेछ ।

रोनाल्डिन्होले आफ्ना रिहाईका शर्तहरु स्वीकार गरेका छन् । जसमा ६९ हजार पाउन्ड जरिवाना समेत तोकिएको छ । उनका सहोदर दाई रोनाल्डिन्होको एजेन्ट पनि हुन् । यो जोडीले ब्राजिलमा प्रत्येक तीन महिनामा न्यायधिशसमक्ष रोनाल्डिन्हो एक वर्षसम्म र उनका दाई दुई वर्षसम्म पेश हुनु पर्नेछ ।

अमरिल्लाले सोमबार मुद्दा चलाउनु अघि उसको कुनै व्यक्तिगत विशेषता वा अपराधिक व्यवहार छ कि भनेर प्रश्न गरेका थिए । समाजलाई जोखिममा पार्छ भन्ने कुनै संकेत नरहेकोले उनीहरुलाई रिहा गरिएको हो ।

रोनाल्डिन्होले नक्कली पासपोर्टबारे थाहा नभएको बताएपछि अदालतले त्यसबारे सचेत गराएको छ । बालोन डि ओर विजेता रोनाल्डिन्हो पिछडिएका बच्चाहरुको समर्थनको एक कार्यक्रमको लागि पाराग्वे पुगेका थिए । तर, त्यसको दुई दिनपछि पाराग्वे प्रहरीले उनीहरुले नक्कली पासपोर्ट प्रयोग गरेर पाराग्वे छिरेको पत्ता लगाएपछि होटेलमा छापा मार्दै पक्राउ गरेको थियो ।

त्यसपछि रोनाल्डिन्होले आफ्नो ४०औं जन्मदिन पनि जेलमै मनाएका थिए । उनीहरुले चार महिनाभन्दा बढी समय राजधानीको सुविधासम्पन्न होटेलमा बिताएका थिए । होटेलमा हाउस एरेस्टको समयमा बाहिरबाट मोडल ल्याएर पार्टी गरेको भन्दै उनको आलोचना समेत भएको थियो ।

ब्राजिलले २००२ मा विश्वकप जित्दा टोलीका महत्वपुर्ण सदस्य रहेका रोनाल्डिन्होलाई सर्वश्रेष्ठ फुटबलरको रुपमा लिइन्छ । उनले १० वर्ष युरोपको बार्सिलोना, एसी मिलान र पेरिस सेन्ट जर्मेन ९पीएसजी० बाट खेलिसकेका छन् । उनले बार्सिलोनाबाट च्याम्पियन्स लिग र दुईपटक ला लिगा र मिलानबाट सिरी ‘ए’ जितेका छन् । ब्राजिल फर्किएपछि उनले एट्लेटिको मिनेइरोबाट दक्षिण अमेरिकी च्याम्पियनसिप कोपा लिबर्टाडोरससमेत जिते ।

WRITE COMMENTS FOR THIS ARTICLE