पाउलो डिबाला सहित कोरोना नियन्त्रण सम्बन्धी नियम उल्लंघन गर्ने युभेन्टसका तीन खेलाडी कारवाहीमा

कोरोना भाइरसको लागि तयार गरिएको स्वास्थ्य मापदण्ड उल्लंघन गरेको भनेदै सिरी ए क्लब युभेन्टसले तीनजना खेलाडीलाई कारबाही गरेको छ ।

पाउलो ड्याबला, मिडफिल्डर वेस्टन म्याकेन्नी र अर्थर मेलोले इटालियन सिरी ’ए’ लिग अन्तर्गत टोरिनोविरुद्धको खेल गुमाउने भएका छन् । उनीहरु गएको बुधबार पार्टीमा सामेल भएका थिए । म्याकेन्नीले आयोजना गरेको डिनर पार्टीमा १० जनाभन्दा बढीको सहभागिता रहेको थियो । आजराति युभेन्टसले टोरिनोसँग ९:४५ मा खेल्दैछ । युभेन्टसले तीनैजना खेलाडीलाई जरिवाना समेत गरेको छ ।

 

WRITE COMMENTS FOR THIS ARTICLE