पाउल पोग्बालाई कोरोना संक्रमण

म्यानचेस्टर युनाइटेडबाट खेल्ने फ्रेन्च मिडफिल्डर पाउल पोग्वा कोरोना संक्रमित भएका छन् । कोरोना टेस्ट गर्दा पोजेटिभ आएपछि पोग्वालाई फ्रेन्च राष्ट्रिय टिमबाट बाहिर राखिएको छ ।

२७ बर्षिय पोग्वालाई यसअघि क्रोसिया र स्विडेनविरुद्ध हुने युइएफए नेशनल लिगका लागि टिममा राखिएको थियो । फ्रान्सका प्रशिक्षक डीडीयर डेसच्याम्प्सले पोग्वा टिममा भएपनि हिजो गरिएको टेस्टमा पोजेटिभ आएकाले उनी टिम बाहिर भएको जानकारी दिएका हुन् ।

पोग्वाको ठाउमा १७ बर्षिय एडुआर्ड़ो कामाभिंगालाई टिममा समावेश गरिएको छ । फ्रान्सले नेशनल लिगमा सेप्टेम्बर ६ मा स्विडेनसँग र सेप्टेम्बर ९ मा क्रोसियासँग खेल्दै छ ।

WRITE COMMENTS FOR THIS ARTICLE