पाथीभरा क्षेत्रमा भीषण आगलागि: मन्दिर जोखिममा…

नेपालकै शक्तिपीठ मानिने ताप्लेजुङमा अवस्थित पाथीभरा क्षेत्रमा लागेको आगो नियन्त्रण बाहिर हुँदा मन्दिर क्षेत्र नै जोखिममा परेको छ। स्थानीय सामुदायिक वनमा लागेको आगो मन्दिरतर्फ बढी रहेको र मानिसले नियन्त्रण गर्न सम्भव नभएको पाथीभरा मन्दिरका कर्मचारी राजेन्द्र महतले जानकारी दिए।

मन्दिरबाट करिव ३ किलोमिटर तल फावाखोलाको सिम्बु सामुदायिक वन क्षेत्रबाट सुरु भएको आगो मन्दिरतर्फ बढी रहेको र मानवीय प्रयासले नियन्त्रण गर्न सम्भव नभएको महतले जानकारी दिए। हावाको बेग उकालो भागतर्फ केन्द्रित भएकोले आगो बढ्न अझ सघाउ पुगिरहेको उनले बताए।

WRITE COMMENTS FOR THIS ARTICLE