पिएसजीको पहिलो जित,नेमारलाई दुई खेलको प्रतिवन्ध

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पिएसजीले लिग वानको नयाँ सिजन २०२१/२१ मा पहिलो जित दर्ता गरेको छ । फ्रेन्च लिग वान अन्तर्गत बुधवार राति भएको लिगको तेस्रो खेलमा पिएसजीले आफ्नै घरेलु मैदानमा पाहुना टोली मेट्जमाथि १–० गोलको कठिन जित निकाल्दै तीन अंक जोड्न सफल भयो ।

नेयेमार, क्लियन एमबाप्पे, माउरो इकार्डी जस्ता स्टार खेलाडीबिनाको पिएसजीलाई जितका लागि निर्णायक गोल गर्न इन्जुरी समयसम्म कुर्नुपरेको थियो । प्रतिस्पर्धात्मक खेलमा पिएसजीलाई सिजनको पहिलो जित दिलाउन इन्जुरी समयमा जुलियन ड्रेक्सलरले गोल गरे ।

त्यसअघि खेलको ६५औं मिनेटमा पिएसजीका अब्दु डायलो दोहोरो पहेंलो कार्डको सिकार हुँदै मैदान छाडेका थिए । यो जितपछि पहिलो खेल जितेर ३ अंकसहित पिएसजी लिग तालिकाको १५औं स्थानमा रहेको छ । यसअघि पिएसजी सुरुआतका दुवै खेलमा पराजित भएको थियो ।

यस्तै फ्रान्सेली फुटबल संघले पिएसजीका फरवार्ड नेमारलाई दुई खेलको प्रतिवन्ध लगाएको छ । खेलको अन्त्यमा झगडा हुँदा पिएसजीका तीनसहित कूल ५ खेलाडीले रातो कार्ड पाएका थिए । झगडाका बेला नेमारले मार्सेका डिफेण्डर एलारो गोन्जालोलाई गालामा पन्च हानेका थिए । फ्रेन्च फुटबल संघले घटनाको छानबिन गरिरहेको छ ।

यस्तै अरु चार खेलाडीलाई पनि प्रतिवन्ध लगाइएको छ । पिएसजीका लेविन कुर्जवालाई ६ खेलको प्रतिवन्ध लगाइएको छ । पिएसजीका अर्का खेलाडी लिएन्डो परेडेसलाई पनि २ खेलको प्रतिवन्ध लगाइएको छ । मार्सेका जोर्डन अभानीलाई ३ र डारियो बेनेडेट्टवलाई १ खेलको प्रतिवन्ध लगाइएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE