पिएसजीसँगको सम्झौता सकिएसँगै नयाँ क्लबको खोजीमा इडिसन काभानी…

पुर्व पिएसजीका स्टार फरवार्ड इडिसन काभानी नयाँ क्लबको खोजीमा रहेका छन् । पिएसजीसँगको सम्झौता सकिएसँगै उनी हाल फ्रि एजेन्ट रहेका छन् । उनी म्यानचेस्टर युनाइटेड जाने खबर लगातार बाहिर आएको थियो । तर, पछिल्लो मिडिया रिपोर्ट अनुसार उनलाई म्यानुले कुनै पनि अफर दिएको छैन । उनी प्रिमियर लिग क्लबमा आउने चर्चा चले पनि उनलाई हालसम्म कुनै पनि क्लबले अफर दिएका छैनन् ।

म्यानुका प्रशिक्षक ओले गनर सोल्सायरले उनलाई अनुबन्ध गर्ने वा नगर्ने दोधारमा रहेका छन् । यस सिजन च्याम्पियन्स लिगमा पनि बलियो खेल प्रदर्शन गर्ने तयारी भएका कारण पनि ओले गनरले उनलाई अनुबन्ध गर्ने सम्भावना बलियो भएको खबर बाहिर आएको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE