पीएसजीका अलफोन्से एरिओला फुलहममा..

फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)का गोलरक्षक अलफोन्से एरिओला इंग्लिस प्रिमियर लिग क्लब फुलहममा अनुबन्धित भएका छन् । फुलहमले २७ वर्षीय एरिओलालाई एक वर्षका लागि लोनमा अनुबन्ध गरेको हो । सम्झौतामा अर्काे वर्ष स्थायी रूपमा राख्न सक्ने बुदाँ पनि रहेको छ ।

सम्झौतापछि एरिओलाले स्कट पार्करको टोलीमा समावेश हुन पाँउदा खुसी लागेको बताएका छन् । पार्करको अनुरोधमा आफू आएको र पार्करले आफूलाई नै चाँहेको उनले थपे । ‘फुलहम लन्डनको एक ऐतिहासिक क्लब हो । मैले स्टेडियमको बारेमा धेरै कुरा सुनेकी छु । मलाई आशा छ, यो सिजन हाम्रा लागि राम्रो हुनेछ । म आफ्नो पुरानो फर्म फर्काउने प्रयास गर्नेछु । यो टोलीलाई उच्च स्थानमा राख्न आफ्नो सम्पूर्ण शक्ति खर्चनेछु,’ अनुबन्ध भएपछि गोलरक्षक एरिओलाले भने ।

क्लब फुटबल निर्देशक टोनी खानले अलफेन्सो एक अनुभवी र उच्च स्तरको गोलरक्षक रहेको र फुलहममा उनको अनुभवले पनि काम गर्ने बताएका छन् । २०१८ देखि फ्रान्सेली टोलीमा रहेका एरिओलाले पीएसजीबाट १०७ क्याप जितेका छन् । २०१२ देखि पीएसजीको सिनियर टोलीमा रहेका एरिओलाले लेन्स, बास्टिया, भिल्लारियल र रियल म्याड्रिडबाट लोनमा खेलिसकेका छन् । उनी रियलले गत सिजन स्पेनिस ला लिगाको उपाधि जित्दा टोलीका सदस्य रहेका थिए । रियलमा पहिलो रोजाइका थिवाउट कोर्टुवा रहँदा उनले मात्रै ९ खेलमा अवसर पाएका थिए ।

WRITE COMMENTS FOR THIS ARTICLE