पीएसजीका फरवार्ड मोटिङ बायर्न म्युनिखमा अनुबन्धित..

जर्मन च्याम्पियन बायर्न म्युनिखले फ्रेन्च च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) का क्यामरुनी फरवार्ड इरिक म्याक्सिमा चौपो मोटिङलाई अनुबन्ध गरेको छ । बायर्न ३१ वर्षीय फरवार्डलाई एक सिजनका लागि फ्रि एजेन्टमार्फत अनुबन्ध गरेको हो । मोटिङको सम्झौता गत सिजनको अन्त्यसँगै सकिएको थियो । ‘बायर्नका लागि कसले खेल्न चाहदैन ?’ मोटिङले बायर्नमा अनुबन्ध भएपछि भने, ‘बुन्डेसलिगा र जर्मनीको सबैभन्दा ठुलो क्लबमा अनुबन्ध हुन पाउदा खुशी लागेको छ ।’

मोटिङले ह्यामवर्ग, मेइन्ज र साल्केबाट खेल्दै प्रिमियर लिग स्टोक सिटीमा पुगेका थिए । स्टोकमा उनले ५ गोल गरेपनि स्टोक रेलिगेसनमा परेपछि २०१८ मा फ्रि ट्रान्सफरमार्फत पीएसजी पुगेका थिए । तर उनले पीएसजीमा उनले सुरुवाती रोजाईमा अवसर पाएनन् । पीएसजीसँग नेयमार र एमबाप्पेलगायतका विश्वस्तरीय खेलाडीहरु रहेको थियो ।

मोटिङले पीएसजीबाट दुई सिजन खेल्दा ५१ खेलमा ९ गोल गरेका छन् । उनले पीएसजीबट दुईपटक लिग वान र समान एकपटक कप डि फ्रान्स र कप डि लिग जितेका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE