लिग वान: पिएसजीको लगातार दोस्रो हार, नेमारसहित पाँच खेलाडीलाई रातो कार्ड

आइतबार राति लिग वान अन्तर्गत खेल थियो– पेरिस सेन्ट जर्मेन (पीएसजी) र मार्सेल्लीको। पीएसजीको मैदान पार्क डेस प्रिन्सेसको मैदानमा सम्पन्न खेल मार्सेल्ली एक गोलले अघि रह्यो। निर्धारित ९० मिनेटसम्म पनि पीएसजीले गोल गर्न नसकेपछि खेलको ३१ औं मिनेटमा मार्सेल्लीका फ्लोरिअन थाउविनले गरेको गोल निर्णायक बन्ने पक्काजस्तै थियो।

९० मिनेटपछि रेफ्रिले ५ मिनेटको इन्ज्युरी समय थपिदिए। गोल सम्भव भएन। डिफेन्डिङ च्याम्पियन पीएसजीले लगातार दोस्रो हार बेहोर्यो। अझ भनौँ, २०११ नोभेम्बरयता पीएसजी मार्सेलीसँग पराजित भएको थिएन। गएराति पराजित भयो।

तर त्यो इन्ज्युरी समय मैदानभित्र खेलमात्र भएन। खेलभन्दा धेरै त नै लडाइँ भयो। ब्रजिलियन नेयमार र स्पेनिसल सेन्टर ब्याक एल्भेरोबीच आधा घण्टाबाटै ठेलाठेल सुरु भइसकेको थियो। जुन ठेलाठेल ९० मिनेटपछि झगडामा बदलियो।

इन्ज्युरी समयको नाटक तब सुरु भयो, जब मार्सेल्लीका बेनोडिट्टोले पीएसजीका परेडेसलाई पछाडिबाट ठेलेर लडाए। त्यसपछि पिएसजीका मिडफिल्डरले उनलाई मुक्का हानेर मैदानमा पछारे। अनि युद्ध आरम्भ भयो। त्यसपछि कुर्जवा र अमावी एक अर्कालाई हिर्काउन थाले। कोही खेलाडी जुध्न थाले कोही छुट्याउन। अघिबाटै युद्ध शान्त पार्न तल्लीन रेफ्रीले कही मिनेटमा मात्र शान्त गर्न सके। उनले सबै खेलाडीलाई एकै ठाउँमा बोलाए। र, कार्ड देखाए।

पीएसजीका लियोनार्दो परोडेस, लिभियन कुर्तजा र मार्सेल्लीका डुओ जोर्डन र डारिओ बेनेडेट्टो सिधै कार्ड खाएर बाहिरिँदा रेफ्रीले भीएआरको सहयोग लिएर मात्र नेयमारलाई बाहिर पठाए। बेनेडेट्टो र परेडेले डबल यल्लो कार्ड पाए भने कुर्जवा र अमावीले सिधै रेड कार्ड पाए। रेफ्रिले नेयमारसहित पाँच खेलाडीलाई रेड कार्ड दिँदै बाहिर पठाएपछि पीएसजीका ८ र मार्सेल्लीका ९ खेलाडी मैदानमा बँचेका थिए।

उसो त एकै समयमा पाँच रेड कार्डसहित १० यल्लो कार्ड देखाइनु पनि दुर्लभ नै हो। त्यसअघि नै रेफ्रिले अतिरिक्त २ यल्लो कार्ड देखाइसकेका थिए। जुन २१ औं शाताब्दीमा लिग वानको पहिलो रेकर्ड हो। कार्ड खाँदै बाहिरिएका नेयमारले लिग वानका फोर्थ अफिसियलसँग आफू नश्लिय विभेदको शिकार भएको खुलासा गरेका छन्। उनले नश्लिय विभेदको आरोप अल्भेरोमाथि लगाएका छन्।

खेलपछिको पत्रकार सम्मेलनमा बोल्दै मार्सेल्लीका प्रशिक्षक आन्द्रे भिल्लाले फुटबलमा रेसिजमको कुनै ठाउँ नरहेको बताएका छन्। तर उनले गएरातिको युद्ध यसकारण नभएको दाबी गरेका छन्। तर उनले यो विषयमा पनि अध्ययन गनुपर्ने बताए। खेलमा पाँच हजार समर्थकको उपस्थिति थियो। कोरोना भाइरसको महामारी कम हुँदै गएपछि फ्रान्स सरकारले पाँच हजार समर्थक खेलमा उपस्थित हुन सकिने नियम बनाएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE