‘पीके २’ को मुख्य भूमिकामा रणवीर कपूर…

बलिउड फिल्म ‘पीके’ को सिक्वेल बन्ने भएको छ । आमिर खान,अनुष्का शर्मा र स्वर्गीय सुशान्त सिंहको मुख्य अभिनय रहेको सन् २०१४ को सर्वाधिक सफल फिल्म पिकेको सिक्वेल बन्ने भएको हो ।फिल्मको अन्तिम सीनमा रणवीर कपूरलाई पनि देखाइएको छ ।

पिके फिल्म निर्माता विधु विनोद चोपडाले पिकेको सिक्वेल बनाउने घोषणा गरे सँगै उनले अहिले यसको तयारी भइरहेको समेत बताएका छन् । सिक्वेलमा आमिर खान देखिने छैनन् भने आमिरको ठाउँमा रणवीर कपूरले मुख्य भूमिका निभाउने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । फिल्ममा रणवीर कपूरको क्यारेक्टर दोस्रो प्लानेटबाट पृथ्वीमा आएको देखाइएको छ । सिक्वेलमा रणवीरले नै फिल्मको कहानी अगाडि लैजाने छन् ।

 

WRITE COMMENTS FOR THIS ARTICLE